ल्होसारलाई महोत्सवका रुपमा मनाउन माग
काठमाडौ । ल्हुक ल्होसार २८५१ बृहत् मूल समारोह समितिले राज्यले नै सोनाम ल्होसार महोत्सव मनाउनुपर्नेमा जोड दिएको छ ।
विश्वको सबैभन्दा पुरानो सभ्यता भएको सोनाम ल्होसार तामाङ जातिमा मात्र सीमित नरहेको र यो राष्ट्रको गौरवमय संस्कृति र सभ्यतासँग जोडिएको पर्व भएको तर्क समितिको छ ।
ल्हुक सोनाम ल्होछारको अर्थ भेँडा नयाँ वर्ष हो । नेपालसहित विश्वका विभिन्न भागमा मनाइने यो पर्व चीनमा चिनियाँहरुले वसन्त पर्वका रुपमा मनाउने गर्छन् ।