आज नेपाल बन्द ठाउ ठाउमा तोडफोड

२०७१ माघ ६ गते, मंगलवार

काठमाडौ, ६ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा र नेकपा–माओवादीले गरेको संयुक्त बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।काठमाडौ उपत्यका लगायत देशभरका शहरहरुको यातायातका साधन चल्न सकेको छैन । काठमाडौका विभिन्न ठाउँमा ट्याक्सीमा तोडफोड र आगजनी गरिएको छ । काठमाडौको स्युचाटार ट्याक्सीमा पेट्रोल छर्केर आगजनी गरिएको छ ।
बन्दकर्ताहरु बन्द सफल पर्न भन्दै चोक चोकमा खटिएका छन् । स्कूल, कलकारखाना, पसल सबै बन्द भएका छन् । बन्दका कारण अस्पताल जानुपर्नेलाई सबैभन्दा बढी समस्या भएको छ । काठमाडौ विभिन्न ठाउामा १० वटा ट्याक्सी तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
यता वन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले आज विहानै पुर्वी चितवन खैरहनीको वैरहनीमा एउटा ट्रकमा आगजनी गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत वैरहनीको साईबाबा ग्याँस उद्योग अगाडी वन्दको अवज्ञा गरेको भन्दै उनीहरुले पुर्व तर्फ जाँदै गरेको ना ४ त ८५२३ नम्वरको ट्रकमा आगजनी गरेका हुन् । आगजनी पश्चात वन्दकर्ताहरु भागेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भरतपुरबाट गएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । वन्दका क्रममा कुनै अप्रिय घटना नहोस भनेर सुरक्षा व्यवस्था कडा पारिएपनि वन्दकर्ताले ट्रकमा आगजनी गरेका हुन् ।
प्रत्येक चोक चोकमा नेपाल प्रहरी र शशस्त्र प्रहरी खटिएका छन् । वन्दका कारण राजमार्गमा गाडी चल्न सकेका छैनन भने वजार पसल,शैक्षिक संस्था,कलकारखाना लगायत सम्र्पुण ठप्प छ ।
त्यस्तै एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा(माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरेको बन्दले संयुक्त आह्वान गरेको नेपाल बन्दको असर काभ्रे सहित राजधानी पूर्वका जिल्लाहरुमा आज विहानै देखि परेको छ ।
बन्दका कारण अरनिको र बीपी राजमार्गमा यसअघिका बन्दभन्दा बढी सुनसान देखिएको छ । सावरी साधन सञ्चालन नहुदाँ अरनिको राजमार्ग अन्तर्गत काभ्रेभएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा र बीपी राजमार्ग भएर धुलिखेल–सिन्धुली हुदैँ माथिल्लो सरगमाथा क्षेत्रका जिल्ला र तराईका जिल्ला तर्फ जाने र राजधानी भित्र्ने यातायात चल्न सकेका छैन्न् ।
त्यस्तै दाङमा पनि एमाओवादी नेतृत्वको संयुक्त जनआन्दोलन संयोजन समिति दाङले गरेको बन्दको प्रभाव विहानै देखि दाङमा परेको छ । शिक्षण संस्था,कलकारखाना, उद्योग व्यपाार , याताायत सबै ठप्प छन् । अत्यावसकिय सवारी साधनहरु भने संचालनमा आउन दिने वन्दकर्ताले बताएका छन् ।
त्यस्तै एकीकृत नेकपा माओवादी र नेकपा– माओवादी नेतृत्वको मोर्चाको बन्दका कारण आज विहानैदेखि ओखलढुंगाको जनजीवन प्रभावित भएको छ ।सदरमुकाम सहित जिल्लका सबै स्थानमा यातायात, शिक्षण संस्था र बजारका पसलहरु ठप्प भएपछि जनजीवन प्रभावीत भएको हो । बन्दकर्ताहरु सडकमा निस्केर बन्द गराइरहेका छन । भने सदरमुकामका चोक–चोकमा प्रहरीहरु परिचालीत छन् ।
यता ३० दलिय मोचाले गरेको बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । मकवानपुरको सदरमुकाम हेटौंडा तथा आसपासका क्षेत्रका सवारी साधन चलेका छैनन् ।
मकवानपुरको अर्को नरपालिका थाहा गरपालिकामा पनि बन्दको प्रधाव परे पनि पसलहरु भने खुलेका छन् । कुुनैपनि यातायातका साधन चेलेका छैनन् । सुरक्षालाई मध्येनजर गर्दै इलाका प्रहरी कार्यालय पालुङले विहान झिसमिसैबाटै बजार क्षेत्रमा प्रहरीको बाक्लो उपस्थितीमा प्रहरी खटाइएको छ ।
यद्यपी बन्दआयोजकहरुले हेटौंडामा मोटरसाइकल चलाउनेलाई तोडफोड गरेको दाबी गरेका छन् भने प्रहरीले त्यसलाई पुष्टि गरिसकेको छैन ।
त्यस्तैत्यसैगरी एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चा, नेकपा माओवादी र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त रुपमा आह्वान गरेको बन्दका कारण बा“केको जनजिवन बिहानैदेखि प्रभावित बनेको छ ।
बन्द सफल बनाउन बिहानैदेखि नेता तथा कार्यकर्ताहरु सडकमा निस्किएका छन् । बन्दकर्ताहरुले बाँकेको कोहलपुरमा एउटा गाडी तोडफोड गरेका छन् । काठमाण्डौंदेखि नेपालगञ्ज जाँदै गरेको ना ३ ख ३७११ नम्बरको बसमा बन्दकर्ताले बिहान करिब ७ बजे कोहलपुर १० रामनगर नजिक तोडफोड गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
तोडफोेडका कारण बसको सिसा फुटेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका कुनै पनी सवारी साधन चल्न सकेका छैनन् । विद्यालय, पसल उद्योग पूर्ण रुपमा बन्दका भएका छन् । बन्दका कारण कुनै अप्रिय घटना घट्न नदिन ठुलो सङ्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी दिएको छ ।
त्यसैगरी एकीकृत नेकपा माओवादी, मधेशी मोर्चा, नेकपा माओवादी सहित ३३ दलीय मोर्चाले आज गरेको नेपाल बन्द आवहानमा अवज्ञा गरेको भन्दै झापामा २ बटा ट्रकमा आगजनी भएको छ भने तीनबटा सवारी तोडफोड गरेका छन् ।
बन्दकर्ताले झापाको मेचीनगर, विर्तामोड र दमकमा सवारीसाधन तोडफोड र आगजानी गरेका हुन । झापामा मोटरसाइकललाई समेत सञ्चालन हुन नदिने जनाउदै बिहानैबाट सडकमा उत्रीएका वन्दकर्ताले झापाको मेचीनगर नगरपालिका – ११ स्थित प्यारीभिट्टामा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना २ ख ९९२४ नम्वरको अदुवा बोकेको ट्रकमा आगजनी गरेका छन् भने बिर्तामोड नगरपालिका स्थित चारपाने सडक खण्डमा भारतीय नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो । आगजनी गरिएको ट्रकको. नम्वर भने खुल्न नसकेको पोखरेलको भनाई छ ।
त्यस्तै झापाको दमक नगरपालिकामा समेत ३ बटा सवारी तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दकर्ताले बिहान ३ बजेनै दमकमा एउटा मारुती भ्यान तोडफोड गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । त्यस्तै अन्य दुईबटा ठूला सवारीमा समेत बन्द कर्ताले क्षति पु¥याएको बताइएको छ ।
यता प्रहरीले झापाको बिर्तामोडबाट ट्रक आगजानीमा सम्लग्न ३ जना एकीकृत नेकपा माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिनुभयो । राउतका अनुसार भारतीय नम्वरको ट्रकमा आगजानीमा सम्लग्न बिर्तामोड नगरपालिका –१ स्थित ३२ वर्षीय रामकुमार राई, सोही ठाउँ निवासी १८ वर्षीय कर्ण लिम्वू र २७ वर्षीय पर्वत कडेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
बन्दकर्ता विहानै बाट चौक चौकमा निस्किएर अत्यावस्यक सवारीका साधन बाहेक अन्य सवारी साधनलाई सञ्चालन हुन नदिदा बिहानैबाट झापाको जनजिवन प्रभावित बनेको छ । यता अञ्चल प्रहरी कार्यालय झापाले भने थप क्षति हुन नदिन उच्च सर्तकता अपनाएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु