आज सोनाम ल्होसार

२०७१ माघ ७ गते, बुधबार

काठमाडौं, ७ माघ । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाइरहेका छन् । मन्जुश्रीले विकाश गरेको चन्द्र पात्रोअनुसार नयाँ वर्ष २८५१ को अवसरमा आजदेखि भेडा वर्षलाई स्वागत गरिएको छ ।सोनाम ल्होसारको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले शुभकामना सन्देश दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।उनले आफ्नो परम्पराअनुसार मनाउँदै आएको यस पर्वले आफ्नो समुदायको पहिचान र हिमाल, पहाड तराईमा बस्ने नेपालीबीच बन्धुत्वको भावना बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।
सोनाम ल्होसारको अवसरमा राजधानीमा रहेका तामाङ समुदायले टुँडिखेलमा कार्यक्रम गर्दैछन् । सोनाम ल्होसारकै अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु