आजबाट सहिद सप्ताह सुरु

२०७१ माघ १० गते, शनिबार

काठमाडौं १० माघ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदान गरेका सहिदहरुको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ ।आजकै दिन शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा विशेष कार्यक्रम गरी श्रद्धाञ्जली दिइने कार्यक्रम छ । तत्कालीन जहानिया राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्तिका क्रममा वि सं. १९९७ सालमा सबैभन्दा पहिले शास्त्रीलाई मृत्युदण्ड दिएको थियो । शास्त्रीलाई झुण्ड्याएर मृत्युदण्ड दिएको उक्त खरीको बोट अहिले पनि छ ।
तत्कालीन बन्द व्यवस्थामा जनता र मुलुकलाई राणाशासनको पञ्जाबाट मुक्त गराउन सामाजिक सुधार मार्फत् अभियान थाल्नुहुने शास्त्रीसहित धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु