आज श्रीपन्चमी

२०७१ माघ ११ गते, आईतवार

काठमाडौं, ११ माघ । आज माघ शुक्लपन्चमी अर्थात् श्रीपन्चमी । विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै छ । शुभकार्य गर्न आजका दिन साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिइन्छ ।विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कला–साधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायत सामग्रीको श्रद्धापूर्वक पूजा गर्दछन् ।विभिन्न सरस्वती मन्दिरहरुमा आज बिहानैदेखि विद्यार्थीहरु विद्याकी देवी सरस्वतीको पूजा–प्रार्थना गर्न लाम लागेका छन् । आज काठमाडौको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी बसन्त श्रवण गर्ने प्रचलन पनि छ ।
काठमाडौंको स्वयम्भूमा रहेको सरस्वती मन्दिरसहित देशभरका सरस्वती मन्दिरमा पूजा गर्न बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लागेको छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा–आराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ ।अक्षराम्भ गर्ने बालबालिकाहरुका लागि आजको दिन विशेष मानिन्छ । आजबाट शिशिर ऋतुको समाप्ति र बसन्त ऋृतुको सुरुआत हुने गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु