मापसे कारबाहीमा ७० हजार परे

२०७१ माघ १८ गते, आईतवार

काठमाडौ, १८ माघ । उपत्यकामा मादक पदार्थ सेवन कारबाहीबाट लाइसेन्समा एउटा प्वाल पर्ने चालक संख्या ६९ हजार ६ सय ९१ पुगेको छ । ९९ जना चालकको लाइसेन्स निलम्बनमा परेको छ । ट्राफिक प्रहरीले १७ मंसिर ०६८ मा उपत्यकामा मापसे चेकजाँच सुरु गरेको थियो । मापसे कारबाही सुरु भएको करिब एक वर्षपछि लाइसेन्समा प्वाल पार्ने नियम लागू गरिएको थियो । ६ पटकसम्म कारबाहीमा पर्नेहरुको लाइसेन्स निलम्बन गर्ने प्रावधान छ ।
ट्राफिक प्रहरीका अनुसार पाँचपटक कारबाहीमा पर्ने चालक संख्या दुई सय ८४ छ । चारपटक लाइसेन्स प्वाल पर्ने चालक संख्या एक हजार एक सय ३७ ,तीनपटक प्वाल पर्ने तीन हजार सात सय तथा दुई पटक प्वाल पर्ने १४ हजार एक सय जना छन् ।
ट्राफिक प्रहरीले मापसे चेकजाँच सुरु गरेयता एक हजार ४० जना महिला चालक कारबाहीमा परेका छन् । धेरैजसो स्कुटी चालक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु