आज स्वस्थानी व्रतकथाको साङ्गे

२०७१ माघ २० गते, मंगलवार

काठमाडौ, २० माघ । गत पौष शुल्क पूर्णिमादेखि भन्दै र सुन्दै आएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आज साङ्गे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । साङ्गेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरी लगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १ सय ८ संख्यामा परमेश्वरीलाई चढाउने गर्छन् । एक महिनायता राजधानीबाट १७ किलो मिटर उत्तरपूर्वमा रहेको साँखुमा रहेको शाली नदी किनारमा स्वस्थानी व्रत बसिरहेका महिला तथा पुरुषहरूले पनि आज विशेष कार्यक्रम गरी साङ्गे गर्दैछन् । संस्कृतिविद् हरिराम जोशीका अनुसार श्रीस्वस्थानीको वर्णन नेपाल सम्वत् ६९३ मा नेपाल भाषामा जयन्तदेवले स्वस्थानी परमेश्वरीको व्रतकथामा उल्लेख भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु