अब मौसम सफा रहने
काठमाडौं,२१ माघ ।काठमाडौं उपत्यकासहित देशभरको मौसम बुधबार सफा रहने छ । मंगलबार बेलुकी देशका धेरै ठाउँमा पानी परेपनि बुधबार भने मौसम सफा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले पुर्वी भागमा सामान्य बादल लागेको छ । पश्चिमी हिमाली क्षेत्रमा आँशिक बादल लागेको छ । अहिले बादल लागेपनि दिउँसो मौसम सफा हुँदै जाने मौमसविद् शान्ति कँडेलले बताए । पश्चिमी वायुको प्रभाव हट्दै जाने भएकाले आजदेखि मौसममा सुधार आउने उनको भनाइ छ । मौसममा सुधारसँगै अब बिस्तारै गर्मी बढ्ने मौसमविद् कँडेलले बताए । उनका अनुसार बितेको २४ घण्टामा काठमाडौंमा १ मिलिमिटर पानी परेको छ ।
मंगलबार जुम्लामा सबैभन्दा धेरै १४ दशमलव १ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । यसैगरी डडेलधुरामा ७ दशमलव ८, नेपालगञ्जमा ७ दशमलव ६, दाङमा ५ दशमलव १, दिपायलमा ५, विरेन्द«नगरमा ४ दशमलव २, पोखरामा २ दशमलव ८ मिलिमिटर पानी परेको छ ।