कपास उद्योगमा भिषण आगलागी
काठमाडौं, २५ माघ । भक्तपुरको बालकोटस्थित कालिञ्चोक कपास उद्योगमा हिजो साँझ लागेको आगो निभाउन जादै गरेको दमकल काठमाडौंको तीनकुनेमा दुर्घटना हुँदा खानेपानीका कर्मचारी रञ्जित श्रेष्ठको मृत्यु भएको छ ।अन्य ४ जना दमकलका कर्मचारी घाइते भएका छन् । विद्युत सर्ट हुँदा अनन्तलिंगेश्वर नगरपालिका वडा नम्बर ९ स्थित जितबहादुर खड्काको तीन रोपनी क्षेत्रफलमा फैलिएको कपास उद्योगमा आगो लागेको थियो ।आगो निभाउन ६ वटा दमकल र कैयौं सुरक्षाकर्मी खटिएका थिए । आगो आज बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।