नेपाल–भारत संयुक्त सुरक्षा बैठक सुरु हुदै
काठमाडौ, २७ माघ । नेपाल–भारत संयुक्त सुरक्षा बैठक आजदेखि पोखरामा सुरु हुँदैछ । बैठकमा नेपालले भारतबाट आइरहेको नक्कली नेपाली रुपैयाँ नियन्त्रणको एजेण्डा प्रस्तुत गर्नेछ । भारतमा छापिएका नक्कली रुपैयाँ नेपाली बजारमा देखापर्न थालेपछि नेपालले यो विषयलाई एजेण्डा प्रस्तुत गर्न लागेको हो ।भारतीय पक्षले यसअघिका बैठकमा नक्कली भारतीय रुपैयाँको कारोबार नियन्त्रण, सीमा क्षेत्रमा बढ्दो मदरसा र भारतविरोधी गतिविधि नियन्त्रणलाई एजेण्डा बनाउँदै आएको थियो । नेपालले पहिलो पटक दुवै देशका गृहमन्त्रालयका अधिकारीको औपचारिक बैठकमा नक्कली नोट नियन्त्रणको मुद्दा उठाउन लागेको हो ।
बैठकमा १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गृहमन्त्रालय मातहतको शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता लक्ष्मिप्रसाद ढकालले गर्दैछन भने भारतबाट सहभागी टोलीको नेतृत्व भारतीय गृहमन्त्रालयका सहसचिव हितेसकुमार मकवानाले गर्दै छन ।
दुई दिनसम्म चल्ने बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण लगायतका विषयमा छलफल हुने नेपाली टोलीको नेतृत्व गरिरहनु भएका ढकालले जानकारी दिए ।