एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु
काठमाडौँ, २८ माघ । ताप्लेजुङको नाङ्खोल्याङमा बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ ।
सदरमुकामबाट नाङ्खोल्याङ ३ का बिरामि पु¥याएर फर्कने क्रममा गएराती करिब ९ बजे मे १ च ३२३४ नम्बरको एम्बुलेन्स मेची राजमार्ग अन्तर्गत खपरे भिरमा दुर्घटनामा हुँदा एम्बुलेन्स चालक नाङ्खोल्याङ ६ निवासी २१ वर्षीय पदम कुमार राईको घटना स्थलमै मृत्यू भएको हो ।
मृतकलाई पोष्टमाटमको लागि रातिनै जिल्ला प्रहरी ुकार्यालय ताप्लेजुङ ल्याईएको बताईएको छ ।