ताप्लेजुङमा वर्षासँगै हिमपात

२०७१ फाल्गुन ३ गते, आईतवार

काठमाडौ, ३ फागुन । गएराति ताप्लेजुङमा वर्षासँगै हिमपात भएको छ । गत विहिबारदेखि परेको हिउँ नपग्लदै गएराति फेरि हिउँ थपिएको हो ।बाक्लो हिमपात हुँदा लेलेपस्थित घुन्सा, याङ्मा, कालिखोला, याम्फुदिन, ओलाङ्चुङगोला साथै पाथिभरा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।बर्षासँगै चिसो बढेपछि सदरमुकाममा चहलपहल नै पातलिएको छ । वर्षाको कारण कृषकलाई भने केही राहत मिलेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु