आज महाशिवरात्रि , धुमधाम मनाइदै

२०७१ फाल्गुन ५ गते, मंगलवार

काठमाडौं, ५ फाल्गुन । आज महाशिवरात्रि । पशुपतिनाथसहित देशभरका शिवालयमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।शिव उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यस पर्व हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा यसलाई पुराणमा व्याख्या गरिएको छ । ब्रतमा सर्वाेत्तम ब्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
पशुपति मन्दिरमा आज विहान ३ बजेदेखि नै दर्शनका लागि दर्शनार्थीको घुईचो लागिसकेको छ ।पशुपति क्षेत्र विकास कोषका अनुसार वाग्मती नदीको पश्चिम करिडोर प्रयोग गरी तिलगंगा–पिङगलास्थान हुँदै वनकाली–चार शिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर प्राङगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।लाइनमा उभिएको आधा घण्टाभित्रै दर्शन गर्न सकिने व्यवस्था मिलाइएको दावी पनि गरेको छ ।
अघिल्ला वर्षहरु जस्तै यसपटक पनि एक हजार रुपैंया तिरी लाइनमा नबसीकनै दर्शनको व्यवस्था गरिएको छ ।आवास, भोजन तथा स्वास्थ्य शिविरको पनि व्यवस्था मिलाइएको छ ।दर्शनार्थीको उपचारमा सहयोग पुर्‍याउन विभिन्न संघसंस्थाले हिजैदेखि निःशुल्क स्वाथ्योपचार शुरु गरेका छन् ।दर्शनार्थी एवं तीर्थयात्रीको प्रभावकारी सुरक्षा व्यवस्था गर्न चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु