२०७२ सालमा सार्वजनिक विदाहरू
काठमाडौँ । २०७२ सालमा वर्षभरि कहिले–कहिले सार्वजनिक विदा र चाडपर्व पर्छन् भन्ने धेरैलाई चासो होला नै, आउँदो वर्ष २०७२ सालको पात्रो सार्वजनिक भैसकेको छैन । अर्काे हप्ता मात्र बजारमा नयाँ पात्रो आउने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पात्रो बनाउने काममा व्यस्त समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले २०७२ सालमा परेको सार्वजनिक विदाबारे जानकारी दिएक छन् । उनका अनुसार आउँदो वर्ष धेरै सार्वजनिक विदा खप्टिएका छन् ।
२०७२ सालमा पर्ने सार्वजनिक विदा यस्तो छ–
बैशाख – ५, १२, १९ र २६ गते शनिबार । १ गते नयाँ वर्ष, ११ गते लोकतन्त्र दिवस, १८ गते मजदूर दिवस, २१ गते बुद्ध जयन्ती र उभौली पर्व ।
जेठ– २, ९, १६, २३ र ३० गते शनिबार । १५ गते गणतन्त्र दिवस ।
असार – ५, १२, १९ र २६ गते शनिबार ।
साउन – २, ९, १६, २३ र ३० गते शनिबार ।
भदौ – ५, १२, १९ र २६ गते शनिबार । १३ गते गाईजात्रा (उपत्यका विदा) । २२ गते निजामती सेवा दिवस (कर्मचारी विदा) । ३० गते तीज (महिला विदा) । १२ गते शनिबार रक्षाबन्धन । १९ गते शनिबार कृष्णाष्टमी र गौरा पर्व ।
असोज – २, ९, १६, २३ र ३० गते शनिबार । १ गते ऋषिपञ्चमी (महिला विदा) । १० गते इन्द्रजात्रा (उपत्यका विदा) । १८ गते जितिया पर्व (जितिया पर्व मनाइने तराईका जिल्लामा विदा) । २६ गते घटस्थापना ।
कात्तिक – ७, १४, २१ र २८ गते शनिबार । ३ गते पूmलपाती, ४ गते महाष्टमी, ५ गते महानवमी र विजयादशमी । ६ र ७ गते दशैं विदा । २५ गते लक्ष्मीपूजा । २६ गते म्हपूजा र गोबद्र्धन पूजा । २७ गते भाइटीका ।
मंसिर – ५, १२, १९ र २६ गते शनिबार । १ गते छठ पर्व । ९ गते गुरुनानक जयन्ती (शिख धर्मावलम्बीलाई विदा) । १७ गते अपांग दिवस (अपांग कर्मचारीलाई विदा) ।
पुस –४, ११, १८ र २५ गते शनिबार । १० गते उद्यौली पर्व र क्रिसमस दिवस । १५ गते तमुल्होसार ।
माघ – २, ९, १६ र २३ शनिबार । १ गते माघी पर्व । १६ गते शनिबार शहीद दिवस । २३ गते शनिबार सोनम ल्होसार ।
फागुन – १, ८, १५, २२ र २९ गते शनिबार । ७ गते प्रजातन्त्र दिवस । २४ गते महाशिवरात्री । २५ गते नारी दिवस (महिला विदा) । २६ गते ग्याल्पो ल्होसार र सूर्य ग्रहण ।
चैत – ६, १३, २० र २७ गते शनिबार । ९ गते होली पर्व (पहाड) । १० गते होली (तराई) । २५ गते घोडेजात्रा (उपत्यका विदा) ।