अघोरी बाबा प्रहरीको फन्दामा
काठमाडौ, १० फागुन । अपराध लुकाउन जोगीको जीवनशैली अपनाएका एक व्यक्ति सजाए सुनाएको १० वर्षपछि पक्राउ परेका छन् ।
किर्ते मुद्दामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नवराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।
धरौटीमा छुटेका उनलाई २४ वैशाख २०६१ मा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैया जरिवाना कैद सजाय सुनाएको थियो । सो कैटबाट बच्न उनी तान्त्रिक र जोगी बनेका थिए । भेष बदले पनि उनले आफ्नो अपराध लुकाउन सकेनन् ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पोखरेललाई ३ फागुनमा पक्राउ गरेको हो । उनलाई सुन्दरीजलबाट पक्राउ गरिएको सिआइबीका डिएसपी कृष्ण महतले बताए । उनलाई जेल चलान गरिएको छ । ११ वर्षअघि पोखरेलले कालिकास्थानमा नै कार्यालय खोलेर नक्कली सरकारी प्रमाणपत्रको धन्दा नै नै थलाएका थिए ।