ट्राफिक नियम उल्लंघन भएको उजुरी गर्नेलाई रिचार्ज कार्ड पुरस्का

२०७१ फाल्गुन ११ गते, सोमबार


काठमाडौं, ११ फागुन । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक नियमको पालना गरेको छ/छैन सही सूचना दिनेलाइ रिचार्ज कार्ड पुरस्कार स्वरुप दिन सुरु गरेको छ । ट्राफिक प्रहरीको आँखा छलेर नियम उल्लंघन गर्ने गरेको पाईएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो पुरस्कारको व्यवस्था गरेको हो । सडकमा सवारी साधनले नियम उल्लंघन गरेको सूचना प्रमाणित भए दोषीलाई कारबाही र सूचना दिनेलाई रिचार्ज कार्ड दिने अभियान थालिएको महाशाखाले जनाएको छ ।
गाडीले नियम उल्लंघन गरेको फोटो र भिडियो एसएमएस मार्फत वा ट्राफिक कन्ट्रोल रुमको हटलाईन १०३ मा सम्पर्क गरेर जानकारी गराउन सकिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अत्यावश्यक सेवा अन्तर्गतका दमकल, एम्बुलेन्स, भीर्आइपी सवारीको हकमा भने यो नियम लागू हुँदैन । महाशाखाले ट्राफिक नियमलाई पूर्ण रुपमा पालना गराउन र जथाभावी गाडी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न भन्दै सूचना दिने व्यक्तिलाई एकसय रुपैयाँको रिचार्ज कार्ड दिने अभियान थालेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु