स्वाइन फ्लुको संक्रमित बढ्दै

२०७१ फाल्गुन १६ गते, शनिबार

काठमाडौं । नेपालमा ‘स्वाइन फ्लु’बाट संक्रमित हुनेहरुको संख्या ३५ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शुक्रबार सार्वजनिक गरेको रिपोर्टअनुसार काठमाडौंमा २१ जनामा स्वाइन फ्लुको संक्रमण भेटिएसँगै स्वाइन फ्लु संक्रमितको संख्या ३५ पुगेको हो ।स्वाइन फ्लुका संक्रमितहरुको संख्या बढेसँगै स्वाइन फ्लु भए/नभएको चेकजाँच गर्नेहरुको टेकुस्थित जनस्वाथ्य प्रयोगशालामा भीड लागेको छ । एकैदिन ६० भन्दा बढी मानिसहरुको स्वास्थ्य जाँच गर्ने गरिएको छ ।
यसैबीच, स्वास्थ्यमन्त्री खगराज अधिकारीले भारतसँग नाका जोडिएका जिल्लाहरुमा ‘हेल्थ डेस्क’ स्थापना गरेर स्वास्थ्य जाँच गर्ने कार्य सुरु भएको बताएका छन् ।स्वाइन फ्लु संक्रमितहरुको उपचारका लागि काठमाडौंका केही सरकारी तथा निजी अस्पतालहरुमा छुटै ‘वार्ड’ राखेर उपचार गर्ने व्यवस्था मिलाइएको पनि मन्त्री अधिकारीले जानकारी दिए । डेढ महिनालाई पुग्ने औषधि पनि सरकारसँग रहेको मन्त्रालयले जनाएको छ ।सधैं मास्क लगाएर हिँड्डुल गरेमा वा कुनै लक्षण देखिना साथ स्वास्थ्यकर्मीलाई देखाएर स्वाइन फ्लुबाट बच्न सकिने चिकित्सकको सुझाब छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

२०८२ आश्विन २५ गते, शनिबार

आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार