मानव अधिकार आयोग तटस्थ हुन् सकेन : एमाओवादी
काठमाडौं, फागुन २५ – एकीकृत नेकपा माओवादीले गोरखाको फुजेल काण्डमा राष्ट्रिय मानव अधिकार आयोगले तटस्थ भएर काम नगरेको आरोप लगाएको छ ।एमाओवादीको कानून विभागको सोमबार सिंहदरबारमा बसेको बैठकले फुजेल काण्डमा अदालतमा बहसका लागि नेपाल बार एशोसियशनसँग कानून व्यवसायीको नाम मागेर आयोगले गल्ती गरेको ठहर गरेको छ ।
बैठकले फुजेल काण्डमा प्रयोग नहुन आयोगसँग आग्रह गरेको छ । बैठकले जाहेरीवालाका तर्फबाट बहस गरिसकेका दिनेश त्रिपाठी सहितका नेपाली कांग्रेस र नेकपा एमाले समर्थित कानून व्यवसायीको नाम बहसका लागि उपलब्ध गराएर नेपाल बारले आफ्नो तटस्थतामाथि प्रश्न चिन्ह खडा गरेको ठहर गरेको छ ।
एमाओवादीको कानून विभागले नेपाल बार एशोसियशनका पदाधिकारी आफ्ना नातेदारलाई न्याय परिषदको सदस्य बनाउने खेलमा लागेको आरोप लगाउँदै पदाधिकारीबीच कुरा मिल्न नसक्दा नेपाल बारले परिषदका सदस्यको नाम सिफारिस गर्न नसकेको बताएको छ । न्याय परिषदले पूर्णता पाउन नसक्दा न्यायाधीशको नियुक्ति प्रक्रिया रोकिएको छ ।