बलात्कारीलाई कारवाहीको माग राख्दै प्रदर्शन जारी
काठमाडौ, २८ फागुन । बारामा ६ वर्षिया बालिका पुजा साहलाई बलात्कार गरी मृत्युको मुखमा पुर्याउने कलैया नगरपालिका वडा नं.४ का कन्हाइ गुप्तालाई कडा भन्दा कडा सजायंको माग गर्दे आज पनि प्रदर्शन गरिएको छ ।बेटी बचाउ संघर्ष समिति कलैयाले विभिन्न माग राख्दै आज पनि बालिकाको शव भरत चोकमा राखी प्रदर्शनमा उत्रेका छन् ।कलैया नगर क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुपर्ने, पीडितले १० लाख रुपैयां क्षतिपुर्ति पाउनुपर्ने, बलात्कार गर्नेलाई फासीको व्यवस्था गर्नुपर्ने मांग उनीहरुकोे छ ।
उनीहरुले सदरमुकाम कलैयाबाट छुट्ने र भित्रने गाडीहरु संचालनमा पनि रोक लाएका छन् । गत फगुन ८ गते सांझ एकाएक बेपत्ता भएकी बालिका पुजा ९ गते विहान मकसुद अंसारीको घर पछाडिको झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । दुइ हप्ता लामो उपचारपछि बालिकाको काठमाडौंको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।