पारिश्रमिक माग्दा पत्रकारलाइ प्रहरी लगाइयो

२०७१ फाल्गुन २९ गते, शुक्रबार

काठमाडौ, २९ फागुन ।महेन्द्रनगर स्थित रेडियो नागरिकले आफ्नो पुर्ब कर्मचारी हाल रेडियो पश्चिम नेपालमा कार्यरत पत्रकार दिया चन्दलाइ गिरप्तार गर्नको लागी बिहिबार मध्य राती प्रहरी परिचालन गरेको छ ।उनलाई गिरप्तार गर्नको लागी जिल्ला प्रहरी कार्यालय कन्चनपुरको टोली राति ११ बजे पछी मह्न्द्रनगर नगरपालिका १८ खैर भट्टी स्थित उनको घर मा पुगेर धरपकड गरेको थियो ।अन्दाजी ४/५ वटा बाइकमा केही सिविल प्रहरी र प्रहरी इन्स्पेक्टर एल बि बमको नेत्तृत्वमा ठुलो संख्यामा आएको प्रहरीले उनलाई गिरप्तार गर्नको लागी निकै बेर रस्साकस्सी नै गरेको थियो ।रेडियो नागरिकमा बिगत २०७० सालको माघबाट कार्यरत पत्रकार दिया चन्द लाइ रेडियो नागरिकले ९ महिना सम्मको पारिश्रमिक नदिएपछी उनि त्यहा बाट निस्किन बाध्य भएकी थिइन् ।उनले आफुले ९ सम्मको महिनाको पारिश्रमिक नपाएकोले दिलाई दिन भन्दै नेपाल पत्रकार महासंघ कन्चनपुर साखामा गत माघ २३ गते रेडियो नागरिक बिरुद्द उजुरी समेत दिएकी थिइन् ।लामो समय सम्म कायम पारिश्रमिकको बिबाद लम्बिदै गएपछी आज दिउसो रेडियो नागरिकको ब्यबस्थापनले उनलाई छलफलको लागी भन्दै कार्यालयमा बोलाएको थियो ।पत्रकार चन्द कार्यालय गएर फोन गर्दा उनलाई रेडियो नागरिकका अध्यक्ष संकर जोशी कार्यरत जिल्ला पशु सेवा कार्यालयमा बोलाएका थिए ।पत्रकार चन्दले भनिन म त्यहा गए १० मिनेट जती छलफल भयो तर मलाइ धम्क्याउने हिसाबले मात्र कुरा गरियो मलाई भनियो तिमीले महासंघमा उजुरी दियौ ,लेख लेखौ ,त्यसैले माफी माग्नु पर्छ अनि पारिश्रमिक पाउछस, मैले मानिन र त्यहा बाट निस्किने प्रयास गरे उनीहरुले मलाइ रेडियो बाट निस्किन दिएनन् र बिबाद झन् बढेपछी एकछिन बोलाबोल भएको थियो । म त्यहाबाट घरमा आइपुगे उनीहरुले मलाइ गिरप्तार गर्नको लागी बाहिर थाहा नहोस भनेर मध्यरतिमा प्रहरी पठाएका हुन् ।
त्यस्तै पत्रकार चन्दले यस अघि रेडियो नागरिकको कार्यालयमा छलफलको लागी जादा तत्कालिन रेडियो नागरिकका स्टेसन म्यानेजर प्रेम राज भट्टले तत्कालिन रेडियो नागरिकका प्रबन्धक अशोक पाण्डे लाइ एक्लै भेट्न समेत पस्ताब गरेको आरोप लगाएकी छन् । त्रकार चन्दले भनिन प्रहरी आएर घर घेराउ गरेर मलाइ अपहरणको शैलीमा लैजान खोजे मैले मध्य रातीमा जादै जान्न भनेपछी उनीहरुले मलाइ भोली बिहान १० बजे जिल्ला प्रहरी कार्यालयम हाजिर हुन् भन्दै जबर्जस्ती कागत गर्न लगाए
त्यस्तै पत्रकार चन्द ले राती साढे ११ बजे जिल्ला प्रहरी कार्यालयले फोन गरेर बिहान ८ बजे नै उपस्थित हुन दबाब दिएको समेत बताइन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु