आज विश्व उपभोक्ता अधिकार दिवस

२०७१ चैत्र १ गते, आईतवार

काठमाडौ, १ चैत ।आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले दिवसमा अवसरमा गोष्ठी, अन्तरक्रिया तथा चेतनामूलक कार्यक्रमहरू गर्दैछन् । हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाइने गरिन्छ ।
सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनौट र सुनुवाईलाई उपभोक्ताका चार अधिकारमा रूपमा घोषणा गर्नुभएको सम्झनामा यो दिवस मनाइने गरिएको हो । पछि सन् १९८५ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाबाट पनि केही बुँदा थपी आठ अधिकारको अनुबन्ध पारित गरिएको थियो । उपभोक्ता हित संरक्षण मञ्चले पनि आज काठमाण्डुमा कार्यक्रम गर्दैछ । विभिन्न संघ सस्थाले पानी, खाद्य स्वच्छता र उपभोक्ता अधिकार विषयमा कार्यक्रम गर्दैछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु