जुम्लमा बस दुर्घटना १३ जनाको मृत्यु

२०७१ चैत्र २ गते, सोमबार

काठमाडौँ , २ चैत । आज बिहान जुम्लाबाट कालिकोटका लागि छुटेको यात्रु बस जुम्लाको रारालिहीमा दुर्घटना हुँदा १३ जना यात्रुको ज्यान गएको छ ।
सोमबार बिहानै कालिकोटका लागि छुटेको ना४ख ४९७० नम्बरको बस लोकल बस जुम्लाको रारालिहीमा दुर्घटनामा परेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बस दुर्घटनामा १५ जना यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनाको कारण खुलिसनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलतर्फ उद्धारका लागि गइसकेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु