रातबिरात गोरू तस्करी प्रशासन मौन
काठमाडौँ । मान्छेकै तस्करी नरोकियका बेला नेपागन्ज नाँकाबाट गोरू समेत रातारात ट्रक का ट्क चोरी निकासी हुन थालेका छन ।लामो समयदेखी गोरूको तस्करी भईरहदा समेत प्रहरी प्रसासन ले चासो देखाएको छैन ।नेपालगन्ज रम्वापुरको पशुबजारबाट सस्तो दरमा खरीद गरेर रातबिरात दोश्रो मात्रै हैन तेश्रो मुलुकमा समेत पुग्नेगरेको तथ्य खुलासा भयको छ ।।प्रत्यक शनिवार लाग्ने पशुहाट बजारबाटखरीद गरीएका गोरूहरू पशु क्वारिन्टाईन लगायत कुनै पनि कानुनी प्रक्रिया नगरी एकाएक ट्रकमा लोड गरेर रातारात नाका क्रस गर्ने गरीएको छ ।यहाँवाट चोरीनिकासी हुने गोरू नेपालकै पुर्बि क्षेत्र भारत हुदै बंगालादेश पाकीस्तान लगायतका देशहरूमा पुग्ने गरेको बताईन्छ। श्रोतकानुसार बाँकेको रम्वापुरमा सबै ठाँउबाट ल्याईएका गोरू त्यहाँ जम्मा गरीन्छ र बेलहरी हुदै निकासी गरीन्छ ।।हिजो आयतबार मात्रै बाँकेकै हवलदारपुरमा स्थानियवासीले राती नौ बजे तिन थान दश चक्के ट्रक स्थानियबासीको सहयोगमा प्रहरीलाई बुझाईएको छ ।