अख्तियारको आयुक्तमा सिफारिस व्यक्ति नै सुर्ती तस्कर

२०७१ चैत्र ४ गते, बुधबार

काठमाडौ, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त (सदस्य)मा सिफारिसमा परेका पूर्वसचिव एवं दीप वस्न्यात सुर्ती तस्करीमा समेत संलग्न रहेको स्रोतले बताएको छ । स्रोतका जानकारी अनुसार काठमाडौंको गोठाटारमा सञ्चालित बालाजी सुर्ती उद्योगमा बस्न्यातको लगानी छ । उक्त उद्योगले लामो समयदेखि भारतबाट अवैध रुपमा सुर्ती ल्याएर नेपालमा बिक्री गर्दै आएको थियो ।
अवैध सुर्ती बिक्री गरेको उजुरीको आधारमा गत पुस पहिलो साता राजस्व अनुसन्धान विभागले छापा मारेर चार ट्रक सुर्ती नियन्त्रणमा लिएको थियो । बस्न्यातको पार्टनरसिपमा उक्त उद्योग सञ्चालन भएको पत्तो पाएपछि नियन्त्रणमा लिइएको सुर्तीलाई वैद्यता दिएर छाड्ने प्रयास विभागले गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु