बेलायती दूतावासको कार्यक्रम बहिष्कार गर्ने उदघोष

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौ, ५ चैत । ब्रिटिश गोरखा सत्याग्रह संघर्ष समितिले नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा बेलायती दूतावासले गर्ने कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ ।
समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायती दूतावासले गर्ने कार्यक्रम बहिष्कारको घोषणा गरेको हो । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको यही चैत १३ गते २ सय वर्ष पुग्दैछ । आफूले राखेका ५ सुत्रीय माग पूरा गर्न बेलायत सरकारले चासो नदेखाएको भन्दै संघर्ष समितिले बेलायती दूतावासले गर्ने कार्यक्रममा सहभागी नहुने बताएको हो ।
समितिका महासचिव एस बी घिसिङले बेलायत सरकारले आफूहरुलाई पटक पटक झुक्याउँदै आएको भन्दै द्विशतवार्षिक समारोह बहिष्कार गर्ने बताउनुभयो । समितिले भुतपूर्व गोरखा सैनिकले हाल पाइरहेको सुविधा बढाइनुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु