२ करोड ७३ लाख विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौं, ५ चैत । नेपाल प्रहरीले २ करोड ७३ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति ड्रागन एअरबाट हङकङ जान लागेका मनोहरलाल त्रिपादास असुधानीलाई अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको हो । विहीबार विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रहरीले शंकास्पद अवस्थामा लगेज नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट विदेशी मुद्रा बरामद भएको जनाएको हो । हङकङका कपडा व्यापारी असुधानीको साथबाट १ लाख ७९ हजारभन्दा बढी अमेरिकी डलर, ५ लाख ५८ हजार युयान, २ सय ५० पाउन्ड, १ सय ८० युरो, ५० अष्टे«लियन डलर, १३ सय फिल्पिन्स पेसो, ९ हजार ५ सय भारतीय रुपैयाँ र २० हजार नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
असुधानीले चार किलो ४ सय ग्राम सुन अवैध रुपमा नेपाल भित्र्याएर काठमाडौंका ब्यापारीहरुलाई बिक्री गरेबापतको रकम लिएर हङकङ जान लागेको प्रहरीले जनाएको छ ।उनले होटल उडल्यान्डमा दुईजना ब्यापारीलाई सुन बिक्री गरेको र ती ब्यापारीहरुमाथि पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु