एसिड प्रहार गर्ने युवक पक्राउ
काठमाडौ, ६ चैत । काठमाडौको वसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। लामो अनुसान्धापछि जीवन विकलाई विहीबार राति काठमाडौंबाटै पक्राउ गरिएको महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रमुख एसपी पुष्कर कार्कीले बताए। पक्राउ परेका युवालाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आजै ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ।
ट्यूसन पढ्न गएका यी दुई किशोरीमाथि गत फागुन१० गते बिहानकाठमाडौंको वसन्पतपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका बेला एक युवाले एसिड हानिएको थियो। वसन्पतपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका दुई किशोरीमाथि एक युवाले एसिड हानेका थिए।
यसअघि प्रहरीले स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरेको थियो। पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केच बनाएको थियो। आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको थियो।
प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरेको थियो।
यसअघि सिमा वस्नेतले प्रधानमन्त्री सुशील कोइरालालाई चार पृष्ठ लामो पत्र लेखेर दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी थिइन। रामेछाप खनियापानी गाविस-८ घर भएकी १६ वर्षीय संगीता मगर गम्भीर घाइते र रौतहटकी १५ वर्षीय सीमा बस्नेत घाइते भएर अहिले पनि अस्पतालमै उपचार गराइरहेका छन्।