यहि हो तेजाब छ्याप्ने युवक

काठमाडौं, ६ चैत ।महानगरीय प्रहरी परिसर कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गर्दै दुई किशोरीमाथि गत फागुन १० गते तेजाब छ्याप्ने एक युवकलाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गर्दै फुलासी–८,रामेछापका जीवन विकलाई सार्वजनिक गरेको हो ।
राजधानीको बसन्तपुरमा रहेको ए प्लस ट्युसन सेन्टरमा ट्युसन पढ्न गएका कान्ति इश्वरी स्कुलकी छात्रा सीमा बस्नेत र शान्ति निकुञ्ज स्कुलकी छात्रा संगीता मगरमाथि गत फागुन १० गते एसिड प्रहार भएको थियो । प्रहरीले घटनाको २६ दिनपछि उनलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
संगीता मगर बसेकै घरमा कोठा लिएर बसेका काभ्रेका विक पहिले संगीता र उनका भाईलाई ट्यूसन पढाउँथे । ट्यूसन पढाउने क्रममा सँधै झगडा भइरहँदा हेपेको अनुभूति गरेपछि आक्रमण गर्ने योजना बनाएको विकले बताए । विक भारतीय आर्मी बन्न नसकेपछि काठमाडौं बस्दै आएका थिए । बीबीएस पढेका विक २०६९ देखि उक्त घरमा कोठा लिएर बसिरहेका थिए । संगीतालाई पहिलो रड र लाठीले हान्ने योजना बनाएका थिए । तर, भारतीय टीभी हेरेपछि एसिडले आक्रमण गर्नु उपयुक्त हुने ठानेको विक बताउँछन् । त्यसपछि उनले २०७१ असोजमा रु.१२५ मा न्यूरोडको भित्रि पशलबाट एसिड किनेको थिए । भारतमा बस्छु भनेर घरमा ढाटिरहेका विकले केही समय संगीतालाई पीछा गरेर ट्यूसन पढ्ने ठाउँ पत्ता लगाएका थिए । संगीता पढ्ने ठाउँ थाहा भएपछि ५०० मिलिलिटर एसिडले आक्रमण गरेर विक सिक्किम पुगेका थिए । सिक्किमा विक २८ फागुनसम्म बसेर नेपाल फर्किएका थिए । नेपाल फर्किएको थाहा भएपछि विकलाई ५ चैत दिउँसो १ बजे उनकै कोठाबाट प्रहरीले पक्राउ गरेको एआइजी विज्ञानराज शर्माले जानकारी दिए । प्रहरीले विकलाई हट लिष्टमा राखेर अनुसन्धान गरिरहेकाे थियाे ।
यसैबिच ,एसिड आक्रमणकारी पत्रकार सम्मेलनमै बेहोस भएका छन्। महानगरीय प्रहरी प्रभाग रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन उनी बेहोस् भएका हुन्। उनलाई उपचारका लागि अस्पताल पुर्याएको छ। बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो। उनीबारे प्रहरीले जानकारी दिइरहेका बेला उनी एक्कसी बेहोस् भएका हुन्।