आज विश्व पानी दिवस
काठमाडौ, ८ चैत । आज विश्व पानी दिवस नेपालमा पनि त्यससँग सम्बन्धित संघसंस्थाले मनाउँदैछन् । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रमका साथ एकै साथ पानी दिवस मनाइँदैछ । पानी सम्पूर्ण मानव लगायत प्राणीको जीवन रक्षाका लागि महत्वपूर्ण तत्व भएका कारण यसलाई संरक्षण गर्ने चेतना अभिवृद्धि गर्नका लागि सन् १९९३ मार्च २२ देखि प्रत्येक बर्ष पानी दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा पानी संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले पानीका मुहान र जलधार क्षेत्रको संरक्षण गर्ने विषयमा चेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।
ब्राजिलपछिको जलसम्पदामा विश्वकै धनी देश नेपाल भएपनि वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्न थालेका छन् ।