फर्म हाउसमा आगलागी

२०७१ चैत्र १२ गते, बिहीबार

काठमाडौं, १२ चैत । पोखराको न्यूरोडमा रहेको डिआईबी फर्म हाउसमा आगलागी हुँदा दुई वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ । रुपा गुरुङको घरमा रहेको गोविन्द अधिकारीको फर्म हाउसमा बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट दुई वटा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् । पसलभित्रै राखिएका तीन वटा मोटरसाइकल पनि जलेको छ ।
पोखराको दुई वटा दमकल र खानेपानीका ट्याङकरको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरणको संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु