लोकसेवा आयोगमा पदाधिकारी नियुक्त
काठमाडौँ , १२ चैत । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेका छन् । राष्ट्रपतिले बिहिबार आयोगका अध्यक्षमा उमेशप्रसाद मैनाली र सदस्यहरूमा विन्द्रा हाडा भट्टराई, डा गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रहादेव राय र कृष्णचन्द झालाई नियुक्त गरेका हुन् । गत साता संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो ।