आज रामनवमी
काठमाडौं,१४ चैत । आज मुलुकभर रामनवमी पर्व मनाइँदै छ । आसुरी शक्तिको अन्त्यका लागि भगवान् विष्णुको अवतारका रुपमा अयोध्याका राजा दशरथको छोराका रुपमा रामचन्द्र जन्मेको दिन चैत शुक्ल नवमीलाई रामनवमीका रुपमा मनाइने गरिन्छ । भगवान रामलाई पितृभक्ति तथा मातृभक्तिको प्रतिकका रुपमा पनि मानिन्छ । त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । उच्च नैतिकता, आदर्शवान् तथा लोकको रक्षाका लागि त्रेता युगमा भगवान् रामचन्द्रले महत्वपूर्ण योगदान पु¥याएका कारण आदर्श पुरुषका रुपमा प्राचीनकालदेखि पूजाआजा गरिदै आइएको छ ।