एभरेष्ट होटलमा आगलागी
काठमाडौं, १५ चैत । काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ । होटलको भुइतलामा लागेको आगो दुई घण्टामै नियन्त्रणमा लिइएको बानेश्वर प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । होटलभित्र लागेको आगो धेरै फैलन नपाइ दमकलले निभाएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई आगो लागेपछि होटलमा रहेका पाहुनालाई बाहिर निकालिएको थियो । आगलागीबाट सामान्य क्षति भएको बताइएको छ ।