तान्त्रिकको उपद्रो, उपचारको बहानामा बलात्कारको प्रयास

२०७१ चैत्र १८ गते, बुधबार

काठमाडौँ । निःसन्तान एक महिलालाई तान्त्रिक विधिद्वारा छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कारको प्रयास गर्ने तान्त्रिक पक्राउ परेका छन् ।
महिनावारी हुँदा दुखेको पेट, कम्मर र ढाड निको पार्छु भन्दै अर्का एक किशोरीलाई बलात्कारको अभियोग लागेका अर्का तान्त्रिक भने फरार छन् । महानगरीय प्रहरी परिषर भक्तपुरले दोलखा, श्यामा–७ घर भई भक्तपुर नगरपालिका–१७ सल्लाघारीमा बस्दै आएका तान्त्रिक प्रेमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी पत्रकारलाई जानकारी दिएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले सन्तान नभएकी ती महिलालाई छोरा जन्मने बनाइदिन्छु भन्दै तान्त्रिकले बलात्कारको प्रयास गरेका थिए ।
यसअघि पनि धेरै महिलाले त्यही तान्त्रिकले दिएको औषधि खाएर छोरा भएको बताएपछि उनी आफन्तकै माध्यमबाट ती तान्त्रिककहाँ पुगेको प्रहरीको भनाइ छ ।
यता सूर्यविनायक नगरपालिका–१४ चित्तपोलका ५० वर्षीय तान्त्रिक श्याम खत्रीलाई पनि उपचारमा आएकी एक किशोरीलाई बलात्कार गरेको अभियोग लगाइएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक हर्कबहादुर रावतले जानकारी दिए ।
‘बलात्कार’पछि तान्त्रिक खत्रीले घटनाबारे कसैलाई भनिदिए तान्त्रिक विधिबाटै मारिदिन्छु भनेर डर धम्कीसमेत दिएको प्रहरीको भनाइ छ । बलात्कार भएको एक सातापछि मात्रै पीडितले प्रहरीलाई उजुरी दिएपछि फरार तान्त्रिकको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु