डाक्टरको अनसनले विरामीको बिचल्ली

२०७१ चैत्र १९ गते, बिहीबार

काठमाडौ, १९ चैत । विभिन्न माग राखी अनसनरत डा गोविन्द केसीसँग सरकारी टोलीले आज पनि वार्ता गर्ने भएको छ । वार्ता र छलफलको जिम्मा पाएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल र मुख्य सचिव लीलामणि पौडेलले आज पनि सहमति हुने गरी वार्ताको तयारी गरिएको बताइएको छ ।
यसअघि हिजो भएको वार्तामा केसीको १० बुँदे माग मध्ये धेरै जसो माग पुरा गर्न सरकार तयार भए पनि पदाधिकारी बर्खास्तीको मागमा डा केसीले अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको हो । सरकारले केही मागका बारेमा अध्ययन गर्नुपर्ने र समय लाग्ने खालको भएको जनाएको छ ।
यसैबीच डा केसीको अनसन र मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले विरोधस्वरुप हिजोदेखि थालेको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु