एमाले नेता ढकालको अन्त्येष्टी गरिदै

२०७१ चैत्र २३ गते, सोमबार

lकाठमाडौ, २३ चैत । एमाले पोलिटव्युरो सदस्य तथा राज्यव्यवस्था समितिका पुर्व सभापति रामनाथ ढकालको आज अन्त्येष्टि गरिने भएको छ ।ढकालको पार्थिव शरीर बिहान ८ बजेदेखि नै श्रद्धान्दजीका लागि पार्टी केन्द्रिय कार्यालय बल्खुमा राखिएको छ । उहाँको पार्थिव शरीरमा श्रद्धान्जली दिन बल्खुमा विहानैदेखि एमालेका नेता कार्यकर्ता र अन्य सुभेच्छुकहरुको बाक्लो उपस्थिति छ ।उहाँको पार्थिव शरीर ११ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि पशुपतिको आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।
स्वाईनफ्लुबाट समेत संक्रमित ढकालको उपचारको क्रममा हिजो काठमाडौको ग्राण्डी अस्पतालमा निधन भएको थियो । गुल्मी खड्गकोट घर भएका ढकालका दुई छोरी र एक छोरा छन् । ढकाल पछिल्लो पटक एमालेको पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इन्चार्जको पदमा हुनुहुन्थ्यो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु