रक्षक नै भक्षक भएपछि …

२०७१ चैत्र २६ गते, बिहीबार

काठमाडौ, २६ चैत । डोटीमा प्रहरी जवानबाटै १३ वर्षीया बालिका बलात्कृत भएको आरोप लागेको छ । बैतडी जिल्ला घर भई घण्टेश्वर प्रहरी चौकी गैरा डोटीमा कार्यरत प्रहरी जवान कमानसिं बोहराले ती बालिकालाई बलात्कार गरेको आरोप लागेको हो । आरोपित जवानमाथि कारवाहीका लागि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी दर्ता गराएका छन् । घटना यहि चैत ९ गतेको भए पनि उपचार गराउने क्रममा कैलालीको अत्तरियामा रहेको एक निजी अस्पतालले बालिकाको पेटमा गर्भ रहेको देखाएपछि मात्रै ढिलो गरी घटनाको रहस्य सार्वजनिक भएको हो ।
बालिकाको चैत १४ गते स्कुल जाँदा साईकलबाट लडेर हात भाँचिएपछि उपचार गराउने क्रममा पिसाव जाँच गराउँदा उनको पेटमा गर्भ रहेको रहस्य खुलेको हो । कक्षा ७ मा पढ्दै गरेकी ती बालिका फुपुको घरबाट आफनो घर जाने क्रममा बलात्कृत भएको बताइएको छ ।
राति झण्डै साढे सात बजेतिर जंगलमा लगेर आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताईन् । उनले भनिन् ‘उसले मलाई बलात्कार गरिसकेपछि कसैलाई नभन्नु म तिमीसँग बिहे गरौंला भन्दै गरेको हो ।’ श्रोतका अनुसार बलात्कारको आरोप लागेका प्रहरी जवानको घरमा श्रीमती र छोराछोरी छन् ।
आरोपित प्रहरी जवान बोहरालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखिएको छ भने पीडित बालिकाको जिल्ला अस्पताल डोटीमा स्वास्थ्य जाँच भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता डम्बरबहादुर चन्दले बताए ।
घटनाको पुष्टि भए आरोपित जवानविरुद्ध जवरजस्ती करणीको मुद्दा चलाईने पनि उनले बताए । उनले भने ‘घटनाको छानबिन भैरहेको छ आरोप प्रमाणित भए कानुनी कार्वाही हुन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]