सप्तरीमा भीषण आगलागी

२०७१ चैत्र २६ गते, बिहीबार

काठमाडौं, २६ चैत ।सप्तरीको रामपुराको मल्हनिया गाउँ विकास समिति वडा नम्बर–५ स्थित मल्हनियाँ टोलमा विहीबार भएको भीषण आगलागीबाट अहिलेसम्म एक सय घर जलेर नष्ट भएका छन् ।स्थानीय दशरथ यादवको घरबाट सुरु भएको आगोले बस्ती नै सखाप पारेको छ । आगोमा परी दुईजना घाइते भएका छन् भने केही पशु पनि जलेका छन् ।
आगलागी नियन्त्रणका लागि राजविराजबाट गएको दमकल ढिला पुग्दा क्षति बढी भएको हो ।दमकल, स्थानीयबासी र प्रहरीले आगो निभाउने प्रयास गरेपनि आगो पूरै नियन्त्रणमा आउन नसकेको नायव प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।आगलागीबाट भएको क्षतिको पूर्ण विवरण पनि आउन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]