जाजरकोटका विरामीको नमुना परिक्षण सुरु

२०७१ चैत्र ३० गते, सोमबार

काठमाडौं, ३० चैत । दुई सातादेखि जाजरकोटका ग्रामीण भेगमा फैलिएको रोगबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । सक्ला, नायवाडा, अर्छानीलगायतका स्थानमा भने रोग आंशिक नियन्त्रणमा आएको खबर छ ।
जिल्लाको सक्ला, नायवाडा, अर्छानी, रोकाय गाउँ, पैंक लगायतका गाविसमा प्रकोपकै रुप लिएको रोग नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा झमझमाउने र रुघाखोकीको लक्षण रहेको रोग प्रभावित क्षेत्रमा अस्पतालका डाक्टर दिपक पुनको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालित गरिएको छ ।
टोलीले रोग प्रभावित क्षेत्रमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार व्यक्तिको उपचार गरेको शाहले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्री खगराज अधिकारीसहितका अधिकारीहरुको टोली पनि रोग प्रभावित क्षेत्र पैंक, पजारु, सक्लामा स्वास्थ्यकर्मी र औषधिसहित गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु