कोरियाली भाषा परीक्षाको आवेदन खुला

२०७२ बैशाख ३ गते, बिहीबार

काठमाडौ, ३ बैशाख । देशभरका विभिन्न ठाउँमा आजदेखि कोरियाली भाषा परीक्षा (ईपीएस)को आवेदन खुला गरिएको छ । बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउन १० ठाउँ तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । काठमाडौं उपत्यकामा नेपाल वेद विद्या संस्कृत मावि गौशाला , काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल फुटबल खेल मैदान बालकुमारीमा फाराम बुझाउन सकिनेछ ।
उपत्यकाबाहिर भने धरान नगरपालिकाको सभागृह, जनकपुर चुरोट कारखाना, बुटवल प्रदर्शनी मण्डप, पोखरा विन्ध्यावासिनी उच्चमावि र डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको कर्मचारी मिलन केन्द्रमा फाराउन व्यवस्था गरिएको ईपिएले बताएको छ । फाराम बुझाउने म्याद बैशाख ६ गतेसम्म छ । इपीएस भाषा परीक्षा भने आगामी जेठ ३० र ३१ गते हुने छ । कोरियामा काम गर्न जान अनिवार्य भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु