रुखले च्यापेर तीन जनाको मृत्यु
काठमाडौ, ६ बैशाख । पाँचथरको प्राङबुङमा हावा हुरीले ढालेको रुखले च्याप्दा गए राति एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्राङबुङ ३ का श्रीप्रसाद खपांगी, उनको छोरा मनोज र भतिजा अनिष रहेका छन् ।
भारतको सिक्किमको सोमबारे बजारबाट सामान किनेर फर्कने क्रममा प्राङबुङ–६ मा आइपुग्दा हावाहुरीका कारण ढलेको रुखले च्यापेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव रुखले च्यापिएको अवस्थामा निकालिएको थियो ।