एकै घरमा ५० जना पुरिएको आशंका, ३ शव भेटिए
काठमाडौं ,१४ वैशाख । काठमाडौंको डल्लु स्थित पुलमा छेउँमा रहेको ६-७ तलाको एक घर पूर्णरुपमा भत्किँदा कम्तिमा ५० जना मजदुर पुरिएको आशंका गरिएको छ । घटनास्थलमा ३ वटा शव देखिएका छन् । ति शवलाई बाहिर निकाल्ने प्रयास भैरहेको छ । उद्धारमा नेपाली सेना र भारतीय सेनाको टोली खटिएका छन् । माथिल्लो तलाबाट दुई तला मुनि ३ वटा शव देखिएको र ति शवलाई निकाल्ने प्रयास भैरहेको उद्धारमा खटिएकाहरुले जानकारी दिएका छन् । ढलान काटेर उद्धार गर्ने प्रयास भैरहेको छ ।
घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । डल्लु पुल छेउँमै रहेको सो घरमा कम्तिमा ५०-६० जना पुरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।