दुइ दिनपछि जिवितै उद्धार

२०७२ बैशाख १५ गते, मंगलवार

काठमाडौं १५ वैशाख। काठमाडौंको गोंगबुबाट दुइदिन पछि जिवितै उद्धार गरिएको प्रहरीेल जनाएको छ । भत्किएको घरको भग्नावशेषबाट उद्धारका लागि आग्रह गरेपछि उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।शनिबारदेखि निरन्तर आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४७ पुगेको गृहमन्त्रालयले जनाएको छ । भुकम्पमा ज्यान गुमाउनेको संख्या अझै बढ्ने मन्त्रालयले जनाएको छ । भुकम्पबाट ८ हजार १ सय ५४ जना घाइते भएका छन् । उद्धारकार्य युद्धस्तरमा भैरहेको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु