१२८ घन्टापछि जीवितै उद्दार

२०७२ बैशाख १८ गते, शुक्रबार

काठमाडौं,१८ वैशाख । इजरेली, नर्वेली, फ्रान्सेली, र नेपाल प्रहरीको संयुक्त टोलीले महाभूकम्प गएको १ सय २८ घन्टापछि एक महिलालाई जिउँदै उद्दार गरेको छ ।जयनगर–६ बर्दिया निवासी कृष्णकुमारी खड्कालाई जिउँदै उद्दार गरिएको हो । महाभूकम्पबाट नयाँ बसपार्कस्थित जनसेवा लजको ७ तलामा रहेको कृष्णकुमारी गेस्ट हाउस भासिएपछि उनी भूइँतल्लामा पुगेकी थिइन् ।उद्दार टोली आएको चाल भएपछि आवाज निकालेकी उनलाई नेपाल प्रहरीलगायत विदेशी टोलीले उद्दार गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु