नौ दिनपछि जिवितै उद्धार

२०७२ बैशाख २० गते, आईतवार

काठमाडौं, २० बैशाख । सिन्धुपाल्चोकको स्याउली गाविस ८, केराबारीमा भूकम्प गएको नौ दिनपछि तीनजनाको जीवतै उद्धार गरिएको छ । दुई घरको भग्नावशेषभित्रबाट शसस्त्र प्रहरीको टोलीले ३ जनालाई जीवित उद्दार गरेको हो । सशस्त्र प्रहरीको बिन्धवासिनी गण चन्द्रौटा कपिलवस्तुबाट झिकाइएका बिपत व्यवस्थापनमा तालिम प्राप्त सशस्त्र प्रहरीकर्मीले जिवत उद्धार गरेको शसस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
सशस्त्रले एकै घरबाट २५ वर्षीया कन्चन खत्री र २६ वर्षीया ज्ञानकुमारी खत्रीलाई उद्दार गरेको छ भने अर्को छिमेकी घरबाट धनकुमारी खत्रीलाई जीवितै उद्दार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो । उहाँहरु सबै जना घामुनी फसेको तर वोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । नौ दिनपछि जीवित उद्दार गरिएका तीनैजनालाई सशस्त्र प्रहरीले गाडीमा राखेर चौतारा अस्पतालतर्फ उपचारका लागि लगेको छ ।
यसैबीच नुवकोटको किम्ताङ गाविसमा भूकम्पको नौ दिनपछि १०५ वर्षीय बृद्ध फन्चु घलेको जीवितै उद्दार गरिएको छ । नेपाल प्रहरी र जापानी उद्दारकर्ता सम्मिलित टोलीले ती बृद्धलाई जीवित उद्दार गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु