ताप्लेजुङमा जीप दुर्घटना चारको मृत्यु
काठमाडौँ,२४ वैशाख । ताप्लेजुङमा यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ताप्लेजुङ नगरपालिका-८ मा पर्ने ल्याङ्बामा भीरबाट तल खस्दा दुर्घटना भएको स्थानीय चेतनाथ दाहालले जानकारी दिए। दुर्घटनामा परी ८ जना घाइते भएका छन्। घाइते मध्ये दुईको अवस्था गम्भीर छ। उद्दारका लागि प्रहरी टोली घटना स्थलमा पुगेको छ। दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। स्थानीय दालालका अनुसार गाडी ल्याङ्बाको भीरबाट २ सय मिटर तल खसेको छ।