पहिरोले काली गण्डकी नदी थुनियो

२०७२ जेष्ठ १० गते, आईतवार

काठमाडौं, १० जेठ । गए राती २ बजेदेखि काली गण्डकी नदी थुनिएको छ। नदी थुनिएपछि बेनीबजार र नदी वरपरका बस्तीहरु उच्च जोखिममा परेका छन् ।म्याग्दीको राम्चे गाउं विकास समिति स्थित काफल डाँडाको बैसेरी भिरबाट खसेको पहिरोका कारण काली गण्डकी नदी थुनिएको हो ।नदीको पानी पूरै थुनिएको राहुघाट जलबिद्युत् आयोजनाका प्रशासकिय अधिकृत काशीनाथ दाहालले जानकारी दिए ।
पहरो गएको ठाउं बेनी बजारबाट करिव नौ किलो मिटर माथि रहेको छ । काली गण्डकी नदी आसपासमा बस्ती धेरै रहेकाले जोखिम उच्च रहेको स्थानिय प्रशासनले जनाएको छ । थुनिएको नदीको कारण सबैभन्दा बढी जोखम म्याग्दी सदरमुकाम रहेको छ । राती २ बजेदेखि स्थानिय प्रशासनले प्रभावित क्षेत्रमा माइकिङ र एफएम मार्फत सूचना प्रबाह गरी स्थानियलाइ सुरक्षित स्थानमा सारेका छन् । उता गृह मन्त्रालयले पनि म्याग्दीका छिमेकी जिल्लाहरु पर्वत, स्याङ्जा, तनहुं, पाल्पा, बाग्लुङ, नवलपरासी र चितवनका बासिन्दाहरुलाई सर्तक रहन अनुरोध गरेको छ ।
नदी थुनिएका कारणले हुनसक्ने खतराबाट जोगिनको लागि जोखिम हुन सक्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक सजकता अपनाउन निर्देशन पनि दिएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिए ।
थुनिएको नदी खोल्न रातीदेखि नै सुरक्षा निकाय परिचालन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।उनका अनुसार अहिलेसम्म दुई किलो मिटरको ताल बनिसकेको छ भने नदीसम्म पुग्न सक्ने अवस्था रहेको छैन ।नदी खोल्नको लागि काठमाडौंबाट बिशेषज्ञसहितको टोलि समेत हेलिकप्टर मार्फत म्याग्दी गएको छ ।थुनिएको कालिगण्डकी नदी कहिले खुल्छ तत्काल भन्न सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी केसीको भनाइ छ ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण जमिन चर्किएर कमजोर भएकै ठाउंबाट गएराती २ बजे पहिरो गएको स्थानिय प्रशासनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु