कालीगन्डकी खतरामुक्त

२०७२ जेष्ठ ११ गते, सोमबार

काठमाडौं, ११ जेठ ।म्याग्दीको राम्चेमा पहिरो गइ थुनिएको कालीगन्डकीको पानी आफैं खुलेपछि कहीँकतै खतरा नरहेको जनाइएको छ ।राम्चेमा स–सानो पहिरो खस्नेक्रम जारी रहेको भएपनि कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको हो ।नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सोमबार पहिरोको अवलोकन गरेर केही दिनसम्म पहिरो खस्नेक्रम जारी रहन सक्ने भएपनि त्यसबाट खासै असर नगर्ने जानकारी दिएको छ ।पहिरोले नदी थुनिँदा डुबेका बैसरीका २६ घर र मोटरबाटोको डोबसमेत पत्ता लगाउन भने मुस्किल परेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु