राहतको लोभमा परिवार टुक्रिदै

२०७२ जेष्ठ २४ गते, आईतवार

काठमाडौं, २४ जेठ । संसदको अर्थ समितिको बैठकमा सभासद्हरुले भुकम्प पीडितको रुपमा राहत पाउने आशामा कतिपय ठाउँमा रातारात घर भत्काउने र परिवारका सदस्यहरु अलग हुनेक्रम वढेको भन्दै यस्तो प्रवृति रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले भूकम्पले प्रभावित बनेका परिवारमा वढी राहतको आशमा दाजुभाई र श्रीमान्–श्रीमती छुट्टीने र क्षतिपूर्ति दाबी गर्नेक्रम वढेको वताएका हुन् ।उनीहरुले , यस्तै अवस्था रहे राज्यकोष रित्तिने भन्दै प्रभावकारी अनुगमनको ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको थिए ।उनीहरुले घर छोडेको वर्षौ भए पनि कतिपय व्यक्तिहरु क्षतिपूर्ति र राहतको आशामा फेरि त्यही बस्न आएको भन्दै बास्तविक पीडितले मात्र राहत पाउने ब्यवस्था गर्न माग गरेका थिए ।
समितिले आज अर्थमन्त्री डा. रामशरण महत, मुख्य सचिव लिलामणि पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललगायतलाई बोलाएर राहत वितरण, पुर्नस्थापना र पुननिर्माण लगायतका विषयमा छलफल गरेको हो ।छलफलमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री अब विस्तृत अध्ययनपछि निश्चित कार्यविधि बनाएर मात्रै रकम उपलब्ध गराइने बताए ।
अर्थमन्त्री महतले दुई ठाउँमा घर भएका व्यक्तिको एक ठाउँको घर क्षति भएको अवस्थामा रकम लिन नमिल्ने तर्क समेत गरे । असार १० गतेका लागि बोलाइएको दाता सम्मेलनमा अन्र्तराष्ट्रिय समुदायले यसअघि प्रदान गरेको ऋण रकमलाई अनुदानमा रुपान्तरण गर्न पहल गरिने उनको भनाई थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु