घुस्याहा इञ्जिनियर रंगेहात पक्राउ

२०७२ जेष्ठ २६ गते, मंगलवार

काठमाडौं, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन सडक कार्यालय नुवाकोटका ईञ्जिनियर लालसिंह ऐरीलाई एक लाख २० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले कार्यालय परिसरबाटै ऐरीलाई आज दिउँसो नियन्त्रणमा लिएको हो । सडकको निर्माणपछि प्राविधिक फर्छ्यौट स्वीकृत गर्नको लागि सेवाग्राहीसंग ऐरीले एक लाख २५ हजार रुपैयाँ मागेकोमा एक लाख २० हजार रुपैयाँमा सहमती भएर रकम बुझेका थिए ।सेवाग्राहीसंग उनले डिभिजन सडक कार्यालयको बा १ झ ५८ नम्बरको गाडी भित्र बसेर रकम लिएको केही समयमा नै अख्तियारका प्रहरी नायव उपरीक्षक खेमबहादुर केसी सहितको टोलीले नियन्त्रणमा लिएको हो ।
ईञ्जिनियर ऐरीलाई अनुसन्धान र आवश्यक कारबाहीको लागि अख्तियारको टोलीले काठमाडौं ल्याएको छ । कार्यालयमा लामो समयसम्म अनुपस्थित हुने, सेवाग्राही प्रति वफादार नभएको, गुणस्तरहीन सडक निर्माणको पनि प्राविधिक पक्षलाई स्वीकृत दिने गरेको आरोपमा ऐरी विवादित छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु